अनुदान सम्झौता गर्न प्राधिकरणको आह्वान

अनुदान सम्झौता गर्न प्राधिकरणको आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले हालसम्म कायम भएका पुनःनिर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मङ्सिर मसान्तसम्म अनुदान सम्झौता गरी ०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

पहिलो किस्ता लिइसकेका सबै पुनःनिर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि ०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । पुनःनिर्माण तथा प्रवलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा हुने उनले बताए । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन प्राधिकरणले आह्वान गरेको छ । प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

Logo