केन्द्रबिन्दु सम्बाददाता ।
काठमाडौँ,१४ पुस ।
प्रहरीले पार्किङमा राखेको स्कुटर चोर्न खोजिरहेका एक जनालाई पक्राउ गरेको छ। ओखलढुंगा रगानी घर भई हाल बौद्ध बस्ने ३० वर्षिय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जडिबुटीस्थित स्माइला डान्सवार अगासड पार्किङ गरेको बा ५० प १७७ नम्वरको स्कुटर चोरी गर्दा उनी पक्राउ परेका हुन् । उनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया