काठमाडौँ, १४, पुस
गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीय स्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो । स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायी बीचको छलफल पछि यी क्षेत्रको रात्रि व्यवसायमा लाग्दै आएको समयसीमा हटाइएको हो । निश्चित शर्त र मापदण्ड पूरा गर्ने होटल रेस्टुराँ तथा दोहोरी क्लबहरुलाई नयाँ वर्षपछि पनि सञ्चालन अनुमति दिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले अंग्रेजी नयाँ वर्षका दिन काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पर्यटकीय व्यापारिक केन्द्र आसपासको रात्रि व्यवसाय सञ्चालनका लागि अनुमति दिएको बताए ।
कारोबारबाट































प्रतिक्रिया