बागलुङ,१२,पुस
अवैध चरेश सहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् । सोही गाउँपालिका–५, भल्कोट देखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो । इलाका प्रहरी कार्यालय, झिवाखोलाका प्रहरी नायब निरीक्षक रिमबहादुर बैदवारको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेश सहित फेला पारेको हो । पक्राउ परेका घर्तीमगर माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निसीखोला क्षेत्रमा चरेशको अवैध उत्पादन र बेच बिखन बढी हुने गर्छ ।
रासस





























प्रतिक्रिया