काठमाडौं, ११, पुस
स्थानीय तहमा चालु आर्थिक बर्षको पहिलो चार महिनामा विनियोजित बजेटको १५ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले पहिलो चौमासिकको प्रतिवेदन सार्वजनिक गर्दै विनियोजित बजेटको १५ प्रतिशत मात्रै खर्च भएको जनाएको छ । आर्थिक वर्ष २०७४,०७५ को प्रथम चौमासिकका लागि विनियोजित ८२ अर्ब ५४ करोड, ३९ लाख ९३ हजार बजेट मध्ये १२ अर्ब ५३ करोड ५५ लाख ६४ हजार बजेट मात्रै खर्च भएको मन्त्रालयका अनुगमन शाखाका प्रमुख बेदबहादुर कार्कीले जानकारी दिए ।
साउन यताको चार महिनामा विनियोजित ६९ अर्ब ९१ करोड ८४ लाख २९ हजार बजेट खर्च हुन सकेन । मुलुक निर्वाचनमा केन्द्रीत रहेको कारणले कार्यान्वयन तहमा भन्दा व्यवस्थापनमा लाग्नु परेकाले खर्च कम भएको मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले निर्वाचनको कारणले कार्यान्वयन सन्तोषजनक नभएको भएर पनि निराशाजनक भने नभएको दाबी गरेका छन् । उनले केन्द्रीकृत मानसिकता, विषयगत ऐनहरुको अभाव, जनशक्ति व्यवस्थापन लगायतका कारणले स्थानिय सरकार सञ्चालन ऐन प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया