काठमाडौं,१०,पुस
विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायसँग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्तो सम्झौता यसअघि नै गरि सकेका थिए ।
प्राधिकरणको प्रणालीमा हाल २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षको अन्त्य सम्म २.९ प्रतिशतले चुहावट घटाएर २० प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यसम्पादन करार सम्झौता शुरु गरिएको हो । आगामी तीन वर्ष भित्र प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावट मध्ये वितरणतर्फ १६.८२ को चुहावटलाई चालु आवमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरिएको छ । एक प्रतिशत मात्रै विद्युत चुहावट नियन्त्रण गर्न सक्दा प्राधिकरणलाई वार्षिक एक अर्ब नाफा हुने बताइएको छ ।
राजधानीबाट































प्रतिक्रिया