मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृतिको तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृतिको तयारी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी महत्वपूर्ण निर्णय लिन आज मन्त्रिपरिषद् बैठक बोलाएको छ।

प्रधानमन्त्रीको प्रेस विज्ञ दिपा दाहालका अनुसार जेठ १५ गते दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा बस्ने बैठकमा बस्दै छ ।

सरकारी स्रोतका अनुसार बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने संवैधानिक प्रक्रिया अनुसार बैठक आह्वान गरिएको हो। बैठकमा आर्थिक वर्षको बजेटसँगै अन्य समसामयिक नीतिगत निर्णयहरू पनि हुने अपेक्षा गरिएको छ।

सरकारले बजेटमार्फत विकास निर्माण, आर्थिक वृद्धि र सामाजिक क्षेत्रका प्राथमिकतालाई सम्बोधन गर्ने तयारी गरेको छ। क्याबिनेटले पास गरेपछि स‌ंघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन् ।

Logo