काठमाडौं, ८, पुस
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन् । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्ने विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारे ।
उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने समेत बताएका छन् । “एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन”– उनले थपे, “पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नु हुन्छ ।” पार्टी एकता सजिलै हुने दाबी गर्दै उनले नेताको व्यवस्थापन भन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छोड्नु पर्ने औँल्याए ।उनले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाए ।
रासस





























प्रतिक्रिया