बस दुर्घटनामा वडा सदस्यको मृत्यु

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा, ८ पुस । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । 
पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

Logo