काठमाडौँ । के तपाई प्रहरीमा भर्ती भएर देशको सेवा गर्न चाहनु हुन्छ ? यदि त्यसो हो भने तपाईका लागि अवसरको ढोका खुलेको छ ।
नेपाल प्रहरीमा ‘प्रहरी कार्यालय सहयोगी’का लागि भर्ना खुलेको हो । शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर भर्ना खुलाएको हो । जसअन्तरगत विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि आवेदन माग गरिएको छ ।
२ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइ/बुनाइतर्फ, ५० जना कुचिकार, ९ जना माली/बगैंचे र १५ जना खेलाडीका लागि जागिर खुलेको हो । मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय दिइएको छ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाका साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने छन् ।
खेलाडीबाहेक अन्यले ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिने बताइएको छ।





























प्रतिक्रिया