नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु, को को उपस्थित ?

नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु, को को उपस्थित ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने सहभागी छैनन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको बताएका थिए। तर, पार्टी महासचिव र अर्थमन्त्री विष्णु पौडेलले भने बैठकको बारेमा आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

Logo