काठमाडौं,६, पुस
नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरे पनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । "/>

नेपालले आफ्नै लगानीमा सगरमाथाको उचार्इ मापन गर्दै

नेपालले आफ्नै लगानीमा सगरमाथाको उचार्इ मापन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरे पनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन ८८४८ मिटरलाई मानिदै आएको छ । नापी विभागले हिजो पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दियो ।

सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतह देखि गर्नु पर्ने भएकाले समुद्र देखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए । विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन गत मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना समेत गरेको थियो ।
रासस

Logo