काठमाडौं,६, पुस
टोखाको टाखीडाँडा जंगलमा हिजो दिउँसो गोली प्रहार गरी एक महिलालाई घाइते बनाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । टाखीडाँडा जंगलमा टोखा नपा–१ झोर महाँकाल बस्ने दुर्गा दुलाल माथि गोली प्रहार भएको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले जंगलमा लुकेर बसेको अवस्थामा एक थान भरुवा बन्दुक सहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ बस्ने सुनिल तामाङ, सुसान तामाङ, विजय तामाङ र अंकित तामाङ छन्।
गोली प्रहारको सूचना लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगंजबाट प्रहरी टोली परिचालन भई जंगललाई घेरा हालेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नागरिकबाट





























प्रतिक्रिया