काठमाडौं,६, पुस
महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वडीआईजी तथा ललितपुर क्षेत्र १ का निर्वाचित सांसद नवराज सिलवालको कीर्ते मुद्दाको छानबिन अगाडि बढाएको छ। "/>

नवराज सिलवालको कीर्ते मुद्दाबारे काठमाडौं प्रहरीले छानबिन थाल्यो

नवराज सिलवालको कीर्ते मुद्दाबारे काठमाडौं प्रहरीले छानबिन थाल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वडीआईजी तथा ललितपुर क्षेत्र १ का निर्वाचित सांसद नवराज सिलवालको कीर्ते मुद्दाको छानबिन अगाडि बढाएको छ। कीर्ते गरेर सर्वोच्च अदालतका कागजात पेश गरेको विषयमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन सुरु गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। उजुरीका आधारमा परिसरले छानबिन सुरु गरेको हो।

छानबिनको टुंगो लागेपछि सिलवाललाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा पेश गर्ने दाबी स्रोतको छ। प्रहरीले अदालतको आदेश पालना गर्ने क्रममा सिलवालको कीर्ते कागजातको छानबिन सुरु गरेको हो। पूर्वडीआइजी समेत रहेका सिलवालको कीर्ते मुद्दालाई प्रहरीको उच्च नेतृत्वसँगको छलफलपछि छानबिनमा तानिएको हो। स्रोतका अनुसार सिलवालको मुद्दाको छानबिन अघि प्रहरीको उच्च नेतृत्वले विभिन्न चरणमा छलफल गरिसकेको छ। छलफलपछि छानबिनको जिम्मेवारी काठमाडौं परिसरले पाएको हो।
अन्नपूर्णबाट

Logo