काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११.३७ अंक अर्थात् ०.४१ प्रतिशतले ओरालो लागेर २,७५५.४१ विन्दुमा पुगेर बन्द भएको हो ।
आज बजार सुरुवाती समयमा केही सामान्य उतारचढाव देखिए पनि दिनभरि नै बजारमा बिक्री चाप बढी रहँदा अन्ततः नेप्से राताम्मे भएर बन्द भएको छ । दिनभरिको कारोबारमा उतारचढाव आए पनि बजार सम्हालिएर माथि उठ्न सकेन ।
आज नेप्सेमा कुल ३५१ वटा स्क्रिप्टको कारोबार भएको छ । दिनभरिमा ५५,४६७ पटकको व्यापारमार्फत कुल १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँ ७० पैसा पुगेको छ । बजारको समग्र प्रवृत्ति ओरालो लाग्दा आज कुल १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको मूल्यमा वृद्धि भएको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने अपरिवर्तित रह्यो ।
बजार घट्दा पनि आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी १५ प्रतिशत नाफा कमाएका छन्, जसको अन्तिम सेयर मूल्य प्रति कित्ता ७५७ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रति कित्ता ३,२२० रुपैयाँ पुगेको छ । लक्ष्मी बैंक डिबेन्चर ७.७० प्रतिशत, बोटलर्स नेपाल (तराई) लिमिटेड ७.५५ प्रतिशत र सिटी होटल लिमिटेडको सेयर मूल्य ७.०६ प्रतिशतले बढेर सर्वाधिक कमाउने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भएका छन् ।
यसैगरी आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको ५५ करोड ६९ लाख ६ हजार ४२७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ र यसको अन्तिम मूल्य ४१३ रुपैयाँ कायम भएको छ । दोस्रो स्थानमा रहेको सिटी होटल लिमिटेडको १९ करोड ५९ लाख ९९ हजार ७४७ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । उच्च कारोबार हुने अन्य कम्पनीहरूमा क्रमशः नबिल ब्यालेन्सड फन्ड-२ को १८ करोड ८६ लाख २० हजार ५५३ रुपैयाँ, सेन्ट्रल फाइनान्स लिमिटेडको १८ करोड ५० लाख २६ हजार २८३ रुपैयाँ ९० पैसा र रुरु जलविद्युत परियोजनाको १५ करोड १६ लाख ८० हजार ३१५ रुपैयाँ १० पैसा बराबरको सेयर खरिदबिक्री भएको छ ।





























प्रतिक्रिया