आगलागी अझै नियन्त्रणबाहिर, २ जनाको मृत्यु

आगलागी अझै नियन्त्रणबाहिर, २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

बिरगंज, ५ पुष । वीरगञ्ज महानगरपालिकामा अवस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको उद्योगमा भिषण आगलागी भएको हो  । 

 बिहान ६ बजे पछि उद्योगमा आगलागी सुरु भएको हो । आगलागीमा परी कम्तीमा पनि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको छ । प्लान्टभित्र रहेका सबै ग्यासे बुलेट पनि जलेर नष्ट भएका छन्। 

स्थानीयका अनुसार आगलागी झन-झन फैलँदै गएको छ र  नियन्त्रण गर्न निकै कठिनाइ भएको छ । उद्योगमा रहेका ग्यास सिलिण्डर पड्किरहेका छन् । उद्योग वरपरको बस्ती खाली गराउने काम भइरहेको छ ।

प्रहरीका अनुसार आगलागी  नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् ।

Logo