काठमाडौं,४,पुस
एसियाली विकास बैंक (एडीबी) ले आउँदो चार वर्ष भित्र ८२२ किलोमिटर प्रसारणलाइन, वितरणलाइन तथा सबस्टेसन निर्माण पूरा गर्ने भएको छ । ४३६ किलोमिटर प्रसारणलाइन स्तरोन्नति गर्ने तथा थप ३८६ किलोमिटर नयाँ प्रसारणलाइनको निर्माण कार्य सन् २०२१ सम्म सम्पन्न गर्ने एडीबीको लक्ष्य छ । एडीबीले बहुवर्षीय योजना अन्तर्गत दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को सहयोगमा निर्माण भइरहेका आयोजनाको स्तरोन्नति गर्ने र केही नयाँ ठाउँमा प्रसारणलाइन बनाउन लागेको हो । यी सबस्टेशनबाट वितरण तथा प्रसारणको काम हुने एडीबीले जनाएको छ । ४९ वटा स्थानमा बनाउन लागेका आयोजनाको लगात करिब १ खर्ब रुपैयाँ लाग्ने एडीबीको अनुमान छ । एडीबीले मात्रै ६० अर्ब लगानी गर्ने र नपुग स्रोत अन्य दातृ निकायबाट जुटाइने बताइएको छ ।
कारोबारबाट































प्रतिक्रिया