राष्ट्रपतिलाई भूतले सताएपछि

राष्ट्रपतिलाई भूतले सताएपछि

केन्द्रबिन्दु
0
Shares

रियो दि जेनेरियो, ३ पुस । ब्राजिलका राष्ट्रपति माइकल टेमरको भवनमा एक प्रेतआत्माले प्रवेश गरेको भन्दै व्यापक खबर फैलियो । उक्त महल त्याग्नुको कारण पनि भूतलाई नै मुख्य कारण देखाइयो । केहि महिनाअघि उनी भूताह महल त्यागेर आफ्नो पुरानो कार्यलय सरेका थिए । उनी यसअघि उपराष्ट्रपति थिए ।

७६ बर्षिय माइकल टेमरले आफ्नो भवनमा प्रेतात्मा प्रवेश गरेको भन्दै उक्त भवन छाडेका थिए । उनकी ३३ बर्षिय पत्नीले असधारण गतिविधीको सामना गरिसकेको बताइन्छ । अचम्मलाग्दो कुरा त के भने, उनीहरुको सात बर्षिय छोरोमा पनि प्रेतात्माको असर पऱ्यो ।

यसरी भुतले सताइएपछि ब्राजिलका राष्ट्रपति अहिले उक्त भवन छाड्न बाध्य भए । मिडियाका अनुसार टेमरले भुत भगाउनका लागि एक पादरीबाट अनुष्ठान पनि गराएका थिए । तर, यसले कुनै राम्रो नतिजा दिएन ।

विश्वमै चर्चित महल
ब्राजिलका राष्ट्रपति बस्ने ‘एलाभोरेड प्यालेस’ विश्वमै चर्चित छ । यसको निर्माण १९५७ मा सुरु भएको थियो, जसलाई पुरा गर्न केहि बर्ष लागेको थियो । यसको डिजाइन ब्राजिलका चर्चित आर्किटेक्चर ओस्कार नाइमेयरले गरेका थिए । यस प्यालेसमा फुटबल मैदान, अस्पतालदेखि आवश्यक सबै सुविधा उपलब्ध छ । प्यालेसको तल्लो भागमा एकदमै ठूलो पुस्तकालय छ ।

बिचमा ठूलठूला बगैंचा छ । यसको निर्माणका लागि १८ दशमलव ५ मिलियन डलर खर्च भएको थियो ।

Skip This
Skip This
Logo