काठमाडौं,३, पुस
वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन् । अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन् । लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको नारा दिएर स्पष्ट बहुमत पाएको एमाले माओवादी गठबन्धन प्रति उनीहरुको आशा र आशंका दुवै प्रकट छ ।
‘द इकोनोमिस्ट’ म्यागजिनले समाचार टिप्पणीको शीर्षक नै ‘द माउन्टेन्स् अफ् माओ’ दिएको छ । शनिबारको अंकमा इकोनोमिस्ट लेख्छ, ‘एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकार मात्रै होइन, सात मध्ये ६ प्रदेशका सरकारमा पनि नियन्त्रण गर्ने देखिएको छ । १६५ संघीय सिट मध्ये ७० प्रतिशत उनीहरुले पाउँदै गर्दा कांग्रेसलाई १४ प्रतिशत मात्रै पर्ने देखिन्छ ।’ भारतसँग खुला सिमानाको लाभ नेपालले पाउँदै आए पनि अब बन्ने कम्युनिस्ट सरकार चीनमैत्री हुने उसको विश्लेषण छ । अनि भारतसँग निर्भर रहँदै आएको नेपाललाई हिमालयपारि चीनसँगको रेलवे, सडक आयोजना सम्झौताले चिनियाँ राजनीतिक व्यवस्था प्रति रुझान पनि बढाउन सक्ने आँकलन गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया