काठमाडौं,३, पुस

मंसिर १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । "/>

समानुपातिकको मतगणना पनि सकियो

समानुपातिकको मतगणना पनि सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, पुस

मंसिर १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । प्राप्त मत परिणाम अनुसार एमालेले ३१ लाख ७१ हजार १७ मत प्राप्त गरी पहिलो, कांग्रेसले ३१ लाख २४ हजार ७९० मत प्राप्त गरी दोस्रो बनेको छ । यस्तै माओवादी केन्द्रले १३ लाख दुई हजार ३४७ मत पाएर तेस्रो बनेको छ । थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २३९ मत र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार १६३ मत पाएका छन् । दलहरूले प्राप्त गरेको मतअनुसार, प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक, एक सिट जितेका छन् ।
नयाँपत्रिकाबाट

Logo