जग्गा नापी गरी लालपूर्जा दिन आतुर छौं : धामी

जग्गा नापी गरी लालपूर्जा दिन आतुर छौं : धामी

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर पुस २ (रासस) : कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नरबहादुर धामीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताएको छ।

 
शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले मन्त्रिमण्डल गठनपछि जग्गा समस्या समाधान गर्नका लागि केन्द्रीयस्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराउने बताएका छन्। 

दुई वर्षभित्रै राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरेर भूमिसँग सम्बन्धित समस्या समाधान गरिने उनले बताए। “भूउपयोग नीति, योजना एवं कानूनका आधारमा भूमिको वर्गीकरण तथा उपभोग गरिने छ, भूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिनेछ”, उनले जानकारी दिए। 

स्थानीय बासिन्दाले सांसदलाई नदी नियन्त्रणका लागि तटबन्ध, सनबोरा नदीमा पक्की पुल, खानेपानी र सडकको स्तरोन्नतकिा लागि योजना अघि सार्नुपर्ने सुझाव दिएका छन्। 

 

Skip This
Skip This
Logo