केन्द्रविन्दु संवाददाता
पुष २ , मोरङ । मोरङमा लागुुऔषध सहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ स्थित बरगाछी चौकबाट प्रहरीले शनिबार लागूऔषधसहित ती युवतीलाई पक्राउ गरेको हो।
सुनसरी धरान उपमहानगरपालिका १९ बस्ने २५ बर्षिय कल्पना राईलाई उक्त लागूऔषधसहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
चेकजाँचमा खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा हिडिरहेकी राईको शरिर खानतलासी लिने क्रममा शरीरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेल्याब २५ एम्पुल, लुपीजेसीक, २५ एम्पुल र एभील २५ एम्पुल फेला पारी बरामद गरेको हो।
पक्राउ परेकी राई उपर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया