नुवाकोट, पुस,२

लिखु खोलामा अवैधरुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा शिवपुरी गाउँपालिका–६ समुन्द्र देवीका वीरबहादुर तामाङको मृत्यु भएको छ । "/>

अवैधरुपमा माछा मार्ने क्रममा एकको मृत्यु

अवैधरुपमा माछा मार्ने क्रममा एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नुवाकोट, पुस,२

लिखु खोलामा अवैधरुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा शिवपुरी गाउँपालिका–६ समुन्द्र देवीका वीरबहादुर तामाङको मृत्यु भएको छ । साथीहरुसँग खोलामा माछा मार्न गएका १९ वर्षीय तामाङको हिजो साँझ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । उनको मृत्यु भवितव्य भएपनि सँगै माछा मार्न गएकासँग घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नुवाकोटको लिखु र तादी खोलामा विद्युत् र विषादी प्रयोग गरी अवैधरुपमा माछा मार्नेक्रममा मानवीय र चौपाया क्षतिको घटना वृद्धि हुँदै गएको छ ।
रासस

Skip This
Skip This
Logo