काठमाडौं,१,पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्ति, फर्म र कम्पनीलाई मात्र जग्गा कित्ताकाट र किनबेच गर्न दिएको अनुमति बद्नियतपूर्ण भएको भन्दै भूमिसुधारमन्त्री गोपाल दहित विरुद्ध छानबिन थालेको छ । "/>

भूमिसुधार मन्त्रीले जग्गाको खण्डीकरण रोक्ने आफ्नै निर्णयलाई उल्ट्याए

भूमिसुधार मन्त्रीले जग्गाको खण्डीकरण रोक्ने आफ्नै निर्णयलाई उल्ट्याए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्ति, फर्म र कम्पनीलाई मात्र जग्गा कित्ताकाट र किनबेच गर्न दिएको अनुमति बद्नियतपूर्ण भएको भन्दै भूमिसुधारमन्त्री गोपाल दहित विरुद्ध छानबिन थालेको छ । मन्त्री दहितले २७ कात्तिकमा घरघडेरी डटकम सहित ११ फर्म र व्यक्तिलाई जग्गा खण्डीकरण गर्न दिने निर्णय गरेका थिए । सो निर्णय कानुनविपरीत र बद्नियतपूर्ण रहेको ठहर गर्दै अख्तियारले उनी विरुद्ध अनुसन्धान अघि बढाएको हो ।

मन्त्री दहितले जग्गाको खण्डीकरण रोक्ने गत २६ साउनको आफ्नै निर्णयलाई उल्ट्याएका थिए । सोही विषय सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका वेला ११ फर्म तथा व्यक्तिलाई मात्र जग्गाको खण्डीकरण गरी किनबेच गर्न अनुमति दिएका थिए । त्यसअघि मन्त्री दहित र सचिव शम्भु कोइरालाको मिलेमतोमा गैरकानुनी निर्णय भएको भन्दै मन्त्रालयकै केही कर्मचारीले अख्तियारमा उजुरी दिएका थिए । मन्त्री र सचिवले मन्त्रालयका अन्य कर्मचारी र राज्यमन्त्रीलाई समेत जानकारी नदिई २७ कात्तिकमा तोकिएका व्यक्ति र फर्मलाई जग्गा कित्ताकाट गर्न दिने निर्णय गरी कार्यान्वयनका लागि भूमिसुधार व्यवस्था विभागलाई दबाब दिँदै आएका छन् ।
नयाँपत्रिकाबाट

 

Logo