काठमाडौं,१,पुस
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन् । "/>

ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रस्ताव

ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन् । ठूलो दलको हैसियतमा ओली नै स्वभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै आएका छन् । ‘अध्यक्ष प्रचण्डले ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्रीको उम्मेदवार हुने बताउनु भएको छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘तर अहिले निर्वाचन परिणाम तिरै ध्यान केन्द्रित भएकाले पार्टी भित्र औपचारिक छलफल हुन पाएको छैन ।’

यसैविच माओवादी नेताहरूले पार्टी एकता र सरकार गठन सँगसँगै प्याकेजमा लैजानु पर्ने बताएका छन् । पार्टी एकता गर्ने विषय जनताबाट समेत अनुमोदित भइसकेकाले सरकार गठन र एकता प्याकेजमा अगाडि बढाउनु पर्ने सो पार्टीका नेताहरूको भनार्इ छ । माओवादी सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले पार्टी एकता संयोजन समितिमा छलफल गरी एउटा विधि प्रक्रिया बनाएपछि सरकार एकता प्याकेजको रूपमा एकैपटक अगाडि बढ्ने बताए ।
नयाँपत्रिकाबाट

Logo