काठमाडौं,२६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा हाल सम्म नेकपा (एमाले) अग्र स्थानमा छ । "/>

समानुपातिकतर्फ मतगणना जारी

समानुपातिकतर्फ मतगणना जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा हाल सम्म नेकपा (एमाले) अग्र स्थानमा छ । निर्वाचन आयोगको हिजो राति ९ बजे सम्मको मत परिणाम अनुसार एमाले ६ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले ६ लाख ७ हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) दुई लाख ७८ हजार २२६ मत सहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा (प्रजातान्त्रिक) ले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएका छन् । समानुपातिकतर्फ १ करोड २२ लाख मत खसेको आयोगले जनाएको छ ।  रासस

Logo