रौतहट ,२६,मंशिर
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सक्किए लगत्तै रौतहट जिल्लामा अपराधिक घटनाहरू बढ्न थालेका छन् । प्रदेश र प्रतिनिधि सभाको मतगणणा कार्य आइतबार सम्पन्न भए लगतै पहिलो दिन नै जिल्लामा हत्या, अपहरण, झडप तथा मारपिट जस्ता घटना भएको हो। गत शुक्रबार रौतहटको यमुनामाइ नगरपालिकाको सुकदेव चोक स्थित पेट्रोल पम्पबाट दुई भारतीय नागरिक सहित चारजना बेपत्ता भएका थिए । पेट्रोल पम्पका सञ्चालक परोहा नगरपालिका ५ जिगडवाका २५ वर्षीय शौकत आलि, कामदार माधवनारायाण नपाका गौरी नारायण महतो, उनकै जेसिभिका ड्राइभर र सहचालक भारतीय नागरिकद्वय चन्दन दास र धमेन्द्र दास वेपत्ता भएका छन्।
बेपत्ता भएको दुई दिन पछि तेल व्यापारी शौकत अलिको उनकै पेट्रोल पम्प नजिक आइतबार बेलुकी हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ। गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गतको शुकदेव चोक नजिक सञ्चालित पेट्रोल पम्पको छेउमा अलिको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको हो। भैँसी चराउन गएका स्थानीयहरूले सडक किनारको झाडीमा शव देखेपछि स्थानीय प्रहरीलाई खवर गरेपछि ति युवकको अपहरण पछि हत्या भएको रहस्य सार्वजनिक भएको छ।
बेपत्ता भएको दुई दिन पछि उनको हत्या भएपछि दोषी पत्ता लगाउन र बेपत्ताको खोजिकार्यको लागि जिगडवा गाउँका स्थानीय बासिन्दाहरूले गौर चन्द्रनिगाहपुर सडक खण्ड अवरुद्ध पार्दै करिब दुई घण्टा चक्काजाम समेत गरेका छन् । स्थानीय प्रशासनले हराएकाहरूको खोजी गर्ने र घटनाको गहन रुपमा अनुसन्धान गरी दोषीलाई पक्राउ गर्ने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले प्रतिबद्धता जनाएपछि बाटो सुचारु भएको छ। यता रौतहटकै राजपुरस्थित फरहतुवामा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ता बीच झडप भएको छ । रौतहट २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोहम्मद अफताब आलमको विजय जुलुस राजपुर, फरहतुवा आइपुग्दा फोरम कार्यकर्तासँग भेट भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गरेपछि दुवै पक्षका कार्यकर्ता तितरबितर भएका थिए।
नागरिकबाट































प्रतिक्रिया