काठमाडौं,२५, मंशिर
कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टी भित्रैको अन्तर्घातका कारण आफू पराजित भएको बताएका छन् । अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टीको हारको कारण र यसको निदान खोज्नुपर्ने उनले बताए । ‘निर्वाचनको समग्र नतिजा कांगेसका लागि दुःखद रह्यो । यसले कांग्रेसलाई पक्कै राम्रो गरेको छैन । यो नतिजा देशकै लागि पनि राम्रो होइन । साथै हामी तनहुँमै पनि पराजित हुन पुग्यौँ,’ नेता पौडेलले भने, ‘वाम गठबन्धन भन्दा पनि पार्टी भित्रैकै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’
कांग्रेसबाट टिकट नपाए पछि नेता गोविन्दराज जोशीले पनि पौडेल उम्मेदवार रहेको तनहुँ १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका थिए । भ्रष्टाचारको मुद्दा किनारा नलागेको अवस्थामा जोशीको उम्मेदवारी अवैधानिक रहेको भन्दै पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । निर्वाचन आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी आधारमा टेक्दै जोशीको उम्मेदवारी खारेज गरिदिएको थियो । यसबाट क्रूद्ध बनेका जोशीले पौडेललाई जसरी पनि हराउने भन्दै अभियान नै थालेका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया