चितवन,२५, मंशिर
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार रहेको चितवन क्षेत्र नं. ३ मा कुल खसेको मत मध्ये सोमबार बिहान सम्म लगभग दुई तिहाई मत गनेर सकिएको छ। सो क्षेत्रको ६२ हजार १३२ मत गणना हुँदा दाहालले ३२ हजार ६७३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको २४ हजार २६० मत आएको छ। दाहाल पाण्डे भन्दा आठ हजार ४१३ मतले अगाडि छन् । दाहाल बाम गठबन्धन र पाण्डे नेपाली काँग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छन् । चितवन क्षेत्र नं. ३ मा कुल १लाख २५ हजार ८२३ मतदाता रहेकोमा ९३ हजार ८२६ ले मतदान गरेका थिए।
नागरिकबाट





























प्रतिक्रिया