स्याङ्जा, २३, मंसिर
अहिले सम्म स्याङजा बाहेक सबै जिल्लामा मतगणना कार्य सुरु भई केही जिल्लाहरुको नतिजा समेत सार्वजनिक भइसकेको छ, स्याङ्जामा कतिपय स्थानमा निर्वाचन सन्तोषजनक नभएको भनी जिल्ला सदरमुकाममा बाम गठबन्धनका उमेदवार तथा कार्यकर्ताहरूको भीडभाडले २ नम्बर निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलाई दुव्र्यवहार समेत गरेपछि शुक्रबारबाटै स्याङ्जा बजारका क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी आयोगलाई प्राप्त भएको छ, आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ । "/>

स्याङ्जामा अहिले सम्म मतगणना शुरु भएन

स्याङ्जामा अहिले सम्म मतगणना शुरु भएन

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा, २३, मंसिर
अहिले सम्म स्याङजा बाहेक सबै जिल्लामा मतगणना कार्य सुरु भई केही जिल्लाहरुको नतिजा समेत सार्वजनिक भइसकेको छ, स्याङ्जामा कतिपय स्थानमा निर्वाचन सन्तोषजनक नभएको भनी जिल्ला सदरमुकाममा बाम गठबन्धनका उमेदवार तथा कार्यकर्ताहरूको भीडभाडले २ नम्बर निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलाई दुव्र्यवहार समेत गरेपछि शुक्रबारबाटै स्याङ्जा बजारका क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी आयोगलाई प्राप्त भएको छ, आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यसै विच प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको आयोगले जनाएको छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार प्राप्त पछिल्ला नतिजा अनुसार १ जना महिला सहित ३४ जना निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ २ जना महिला उमेदवार सहित ५६ जना निर्वाचित भइसकेको आयोगले जनाएको छ । मंसिर २१ गते निर्वाचन भएका ४५ वटै जिल्लाका मतपेटिका जिल्ला सदरमुकाममा प्राप्त भई मतदान गणना सुरु भएको छ ।

Logo