भद्रपुर, २३, मंसिर
झापाको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ । पछिल्लो परिणाम अनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला (खरेल) ले १५ हजार ८०४ तथा नेकाका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १५ हजार ६९० तथा नेकाका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ११ हजार ४८ मत पाएका छन् । यसैगरी क्षेत्र नं ४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र नेकाका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार ५४ र नेकाका डा. खगेन्द्र अधिकारीले ७ हजार ७६३ मत प्राप्त गरेका छन् ।
रासस





























प्रतिक्रिया