काठमाडौँ, २३, मंसिर
काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगन कुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गरेका छन् । "/>

काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट

काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २३, मंसिर
काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगन कुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गरेका छन् । काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरे । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडौं बनाउने आफ्नो अठोट स्मरण गरे । आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उनले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरे । थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई तीन हजार ४११ मतको अन्तरले पराजित गरेका थिए ।
रासस

Skip This
Skip This
Logo