मंसिर, २३,सप्तरी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले फराकिलो मत अन्तरमा अग्रता लिएका छन् । सप्तरी २ मा प्रतिनिधि सभा तर्फ २७ हजार ३३ मत गणना हुँदा यादबले ११ हजार ९६३ मत पाएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ७ हजार २० मत पाएका छन्। राजपाका बागी उम्मेदवार जयप्रकाश ठाकुरले ५ हजार २२२ मत पाएका छन्। सप्तरीका अरु क्षेत्रमा यस्तो छ अवस्था:
प्रतिनिधि सभा सप्तरी–१
ससफो ७९६५ सुर्यनारायण यादव
नेकाँ ४९१० रामदेव साह
माके ४४३२ अशोक मण्डल
प्रतिनिधि सभा, सप्तरी -३
नेकाँ ८८५६ दिनेशकुमार यादव
राजपा ७४०७ चन्द्रकान्त चौधरी
एमाले ४०९३ ताराकान्त चौधरी
प्रतिनिधि सभा, सप्तरी–४
नेकाँ २७९७ तेजुलाल चौधरी
राजपा २०३४ मृगेन्द्रसिंह यादव
एमाले १४५४ मोहम्मद इस्लाम





























प्रतिक्रिया