साइवर प्रोनोग्राफीको अनौठो तथ्य

साइवर प्रोनोग्राफीको अनौठो तथ्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९ मंसिर । साइवर पोर्नोग्राफी नियन्त्रणका लागि विश्वका कतिपय मुलुकहरुले कुन किसिमको पोर्नोग्राफीलाई छुट दिने र कुनलाई नदिने भनेर स्पष्ट रुपमा छुट्याएको छ ।

आशिंक वा कलात्मक हिसावले तयार परिएको सफ्टकोर पोर्नोग्राफीलाई छुट दिएका छन् भने भद्दा नग्नता दर्शाउने हार्डकोर पोर्नोग्राफीलाई नियमन गरेका छन् । वेलायतले व्यक्तिको मस्तिष्कलाई नकारात्मक असर पुऱ्याउने खालका नग्न तस्विर एवं भिडियोलाई प्रशारण गर्न नपाइने व्यवस्था गरेको छ ।

त्यस्तै, अमेरिकको चिल्ड्रेन्स इन्टरनेट प्रोटेक्सन एक्ट २००२ ले मतिस्कलाई नकारात्मक असर गर्ने खालका सामग्रीमा बालबालिकाको पहुँच रोक्ने उद्देश्यले आवश्यक प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको छ । यसअनुसार संघीय अनुदानप्राप्त पुस्तकालयहरुमा अश्लील दृश्य हेर्न र चाइल्ड पोर्नोग्राफी हेर्न रोक लगाउने गरी फिल्टर प्रयोग गर्न छुट दिइएको छ तर, अनुसन्धानका लागि भने रोक लगाइएको छैन ।

छिमेकी मुलुक चीनमा पोर्नोग्राफीमा कडाइका साथ निषेध गरिएको छ । त्यहाँ यस्ता वेव साइट नखुल्ने कम्प्युटर सफ्टवेयर राख्नुपर्ने प्रावधान छ । सन् २००९ मा १५ हजार पोर्नोग्राफी वेवसाइट वन्द गरेको थियो ।

– माइक्रोसफ्ट, गुगल, अमेजन, इबे, याहु लगायतको संयुक्त कमाइ भन्दा पोर्नोग्राफी उद्योगको कमाइ वढी छ ।

– प्रति सेकेन्ड ३ हजार ७५ दशमलब ६४ डलर पोर्नोग्राफीमा खर्च भैरहेको हुन्छ ।

– प्रति सेकेन्ड २८ हजार इन्टरनेट प्रयोगकर्ताले यस्ता साइट हेरिरहेका हुन्छन् ।

– प्रति सेकेन्ड ४ सय जनाले सर्च इन्जिनमार्फत पोर्नोसाइट खोजिरहेका हुन्छन् ।

– ४२ लाख वेवसाइट पोर्नोग्राफीसंग सम्वन्धित छ, जुन कुल वेबसाइट मध्ये १२ प्रतिशत हो ।

– ७ मध्ये १ युवा इन्टरनेटमा पोर्नोसाइट खोजिरहेका हुन्छन् ।

– कुल इन्टरनेट प्रयोगकर्ता मध्ये २५ प्रतिशतले पोर्नोसाइट हेर्ने गरेका छन् ।

Logo