काठमाडौं,१९,मंशिर
प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। "/>

उपत्यकामा बम आतंकःसुरक्षा निकायलाई ठूलो चुनौती

उपत्यकामा बम आतंकःसुरक्षा निकायलाई ठूलो चुनौती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,मंशिर
प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता गगन थापा सहित १२ जना घाइते भए । गगन चपली हाइटमा घरदैलो कार्यक्रम गरिरहेकै बेला बम विस्फोट भएको थियो । विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको माओवादीले गराएको आशंका प्रहरीले गरेको छ।

सोमबारै लाजिम्पाट स्थित एभरेष्ट बैंक अगाडि राखिएको बम सेनाले डिस्पोज गरेको छ । त्यस्तै वनस्थली एकलटार स्थित पूर्वमन्त्री जीवनबहादुर शाहीको निवास अगाडि अज्ञात समूहले बम राखेको थियो । सेनाको डिस्पोज टोलीले बम डिस्पोज गराएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रहरीले बम राख्ने र पड्काउने व्यक्तिको पहिचान नभए पनि विप्लवका कार्यकर्ताले घटना गराएको आशंका गरेको छ। उता ललितपुर स्थित च्यानडाँडा जंगलमा राखेको प्रेसरकुकर बम सेना र प्रहरीले डिस्पोज गरेका थिए । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकले चुनाव बिथोल्ने समूहले विस्फोट गराएको र प्रहरीले शंकास्पद ४२ जनालाई पक्राउ गरेको बताए। पक्राउ परेका माथि अनुसन्धान भइरहेको छ। उनले काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको बताए । राजधानीका अधिकांश युनिटका प्रहरी यतिबेला सडकमा खटिएका छन् । तैपनि बम पड्कन भने छोडेका छैनन् ।
अन्नपूर्णबाट 

Logo