जुम्ला, १८, मंसिर
न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । "/>

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

केन्द्रबिन्दु
0
Shares

जुम्ला, १८, मंसिर
न कोलियामा बत्ती छ, न त सुताइबसाइँमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ । मंसिर १० गते बेलुका देखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक साता देखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४ सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् ।

मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली काँग्रेसको जित हुनेमा आफू ढुक्क रहेको बताए । जनता काँग्रेसका पक्षमा रहेको जनाउँदै हितानले वाम गठबन्धन भित्रको किचलो र विवाद आफ्नो जितको प्रमुख आधारभएको बताए । मंसिर १० गतेको चुनावमा वाम गठबन्धन भित्रकै नेताले गरेको क्रियाकलापले हाम्रो जितलाई सुनिश्चित गरेको उनको दाबी थियो । कुरुवामा बसेका वाम गठबन्धनका कार्यकर्ता चक्रबहादुर रावलले ६ नं प्रदेशमै वाम गठबन्धनको अग्रिम जित रहेको बताए । “जुम्ला वाम गठबन्धनको जिल्ला हो, हाम्रो जित सुनिश्चित भइसकेकाले घोषणाको दिन पर्खाईका लागि हामीले आफूलाई जाडो मौसम अनुकूलित बनाएर बसेका छौँ”– उनको भनाई थियो ।
रासस

Skip This
Skip This
Logo