काठमाडौँ, १८, मंसिर
मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । "/>

समस्यै समस्यामा गुज्रिदैं कान्ति बाल अस्पताल

समस्यै समस्यामा गुज्रिदैं कान्ति बाल अस्पताल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १८, मंसिर
मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । अस्पतालका भौतिक पूर्वाधार पुराना र जीर्ण छन । कतिपय ठाउँमा पानी चुहिन्छ, मुख्य बाटोका शौचालय बन्द छन् । धारामा धमिलो पानी आउँछ । सरसफाइ नै अस्पताललाई चुनौती बनेको छ । अस्पताल पूर्ण सञ्चालन गर्न न जनशक्ति छ न बजेट पुग्दो छ ।

कम बिरामी आउने हिउँदका महिनामा अस्पतालको आम्दानी घट्छ । त्यस्तो अवस्थामा कर्मचारीलाई तलब दिनै मुस्किल पर्छ । ‘चौबिसै घण्टा अब तलब कसरी खुवाउने भन्ने चिन्ता हुन्छ,’ अस्पतालका निर्देशक गणेश राईले भने । अघिल्ला वर्षहरूमा पनि कम आम्दानी भएका बेला निर्देशकले ऋण तथा सापटी लिएर तलब व्यवस्थापन गर्थे । कान्ति बाल अस्पताल विकास समितिबाट सञ्चालित छ । अस्पतालमा ६० प्रतिशत विकास समितिका कर्मचारी छन् । जसलाई अस्पतालकै आम्दानीले तलबभत्ता दिनुपर्छ । सरकारले ४० प्रतिशत कर्मचारीलाई मात्र तलवभत्ता व्यवस्था गर्छ । अस्पतालका ६० प्रतिशत कर्मचारीको तलबका लागि मासिक ९० देखि ९५ लाख रुपैयाँ आवश्यक पर्छ ।

अस्पतालमा आम्दानी कम हुनुको अर्को कारण हो क्यान्सरका र विपन्न बिरामीको वृद्धि । उनीहरूको उपचारले दीर्घ समय लिने र सरकारी व्यवस्था अनुसार निःशुल्क उपचार गराउनु पर्छ । त्यस्ता बिरामीका लागि प्रतिबिरामी पचास साठी हजार खर्च हुने, अस्पतालका डियुटी अफिसर रमेशनर सिंह केसीले भने । सबै बिरामीको निःशुल्क अभिलेख भएका नभएका गरी मासिक १४ देखि १५ लाख निःशुल्क उपचारमै खर्च हुने गरेको अस्पतालको अनुमानित खर्च छ ।
नागरिकबाट

Logo