इलाम, १८, मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्र सम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । "/>

आज सम्ममा निर्वाचन सामग्री मतदान केन्द्र पुगिसक्ने

आज सम्ममा निर्वाचन सामग्री मतदान केन्द्र पुगिसक्ने

केन्द्रबिन्दु
0
Shares

इलाम, १८, मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्र सम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । जिल्लाका सवारी साधन चल्ने मतदान केन्द्रमा ल्यान्डरोभर, जीप लगायत सवारी साधनमा र सवारी नचल्ने मतदान केन्द्रमा पिठ्युँमै बोकेर निर्वाचन सामग्री लैजान थालिएको हो । निर्वाचनमा प्रयोग हुने सामग्री दिन सदरमुकाम स्थित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कर्मचारीको भीड लागेको छ । मतदान केन्द्रमा प्रयोग हुने ६४ किसिमका निर्वाचन सामग्री मध्ये मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र र बाँकी सबै सामग्री जिल्ला निर्वाचन कार्यालयले दिँदैछ ।

मतदानमा खटिने कर्मचारीले शनिबार देखि सोमबार सम्म यहाँबाट सामग्री बुझेर धमाधम मतदान केन्द्र पुगिरहेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए । ‘मतदानमा प्रयोग हुने सामग्री कर्मचारीलाई वितरण गर्न भ्याइ नभ्याइ छ,’ उनले भने, ‘आज सोमबार सम्ममा सबै मतदान केन्द्रमा सामग्री पुगि सक्नेछ ।’
नागरिकबाट

Logo