काठमाडौँ, १८, मंसिर
देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले वातावरण तात्दै गर्दा नेपाल आयल निगम भने निर्वाचनका बेला ह्वात्तै बढेको इन्धनको खपतले थला परेको छ। "/>

आयल निगम मासिक ५४ करोड घाटामा

आयल निगम मासिक ५४ करोड घाटामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १८, मंसिर
देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले वातावरण तात्दै गर्दा नेपाल आयल निगम भने निर्वाचनका बेला ह्वात्तै बढेको इन्धनको खपतले थला परेको छ। अघिल्ला महिनामा खपत हुँदै आएको इन्धनको औसत परिमाण भन्दा निर्वाचनका बेला ४० प्रतिशत भन्दा बढी इन्धनको खपत हुँदा निगम पछिल्लो दुई वर्षको अवधिमा पहिलोपटक मासिक ५४ करोड रुपियाँ नोक्सानमा परेको छ। भारतमा इन्धनको मूल्यवृद्धि हुनु र नेपालमा औसत खपत भन्दा निक्कै धेरै परिमाणमा इन्धन खपत हुँदा महँगोमा किनेर सस्तोमा बिक्री गर्दा निगम नोक्सानमा परेको हो।

निर्वाचनका बेला यातायातका साधन बढी चल्नु तथा अन्य प्रयोगका निम्ति पनि इन्धनको खपत बढी हुँदा अरू महिनाको भन्दा अहिले ४० प्रतिशत बढी इन्धनको माग रहेको नेपाल आयल निगमले जनाएको छ। निर्वाचनका बेला इन्धनको मूल्यवृद्धि गर्ने निर्णय समेत सरकारले फिर्ता लिएपछि निगमलाई थप नोक्सान भएको बताइएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार नोभेम्बर महिनामा ८ अर्ब २४ करोड भारुको इन्धन आयात भएको छ । जबकी अक्टोबर महिनामा ६ अर्ब ४३ करोड भारुको इन्धन आयात भएको थियो । ४० प्रतिशत खपत वृद्धि हुँदा नेपाल आयल निगमलाई अहिले ५४ करोड रुपियाँ घाटामा भएको भट्टराईले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo