काठमाडौँ, १८, मंसिर
सरकारले मुलुकको सुरक्षा व्यवस्था कडा भएको दाबी गरे पनि उपत्यका लगायतका स्थानमा सुरक्षा फितलो बन्दै गएको छ। विप्लव लगायतका समूहले राजधानी सहित देशभर बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कमजोर बन्दै गएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको घर नजिकै देउवा चोकमा शुक्रबार बम विस्फोट भएपछि सरकारले सुरक्षा व्यवस्था कमजोर हुँदै गएको आँकलन गरेको छ। राजधानी लगायतका स्थानमा सुरक्षा व्यवस्था कमजोर हुँदै गएपछि शनिबार निर्वाचन केन्द्रीय कमान्ड पोस्टको बैठक बसेको थियो। बैठकले राजधानी लगायत देशभरको सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। गृह प्रवक्ता नारायण शर्मा दुवाडीले सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको दाबी गर्दै भने– ‘चेकजाँच बढाएका छौं, ठाउँ–ठाउँमा गस्ती बढाएका छौं।’ उनले हाल सम्म बम राख्ने माथि कारबाही गरेको जनाए तापनि कसले बम प्रहार गरेको हो भन्ने विषयमा कुनै जानकारी दिएनन् ।
अधिकांश स्थानमा विप्लव माओवादीले बम विस्फोट गराइरहँदा गृह मन्त्रालयले भने अहिले सम्म पहिचान गर्न नसकेको जनाएको छ। ‘अहिले यति नै भनौं बम विस्फोट गर्ने पक्राउ गरी कानुन बमोजिम कडा कारबाही गर्नेछौं’, निर्वाचन सुरक्षा योजना अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराउँदै प्रवक्ता दुवाडीले भने – ‘सुरक्षा व्यवस्था मजबुत बनाएका छौं, ढुक्क भएर निर्वाचन प्रचार गर्न सबैलाई आग्रह गर्दछौं।’ बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया