धरान, १८, मंसिर

कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार विरुद्ध सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् । "/>

गच्छदारलाई चुनौती दिँदै भगवती चौधरी

गच्छदारलाई चुनौती दिँदै भगवती चौधरी

केन्द्रबिन्दु
0
Shares

धरान, १८, मंसिर

कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार विरुद्ध सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् । गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा ३६५ मतको अन्तरले पराजित गरेका थिए । पटक पटक मन्त्री बनेका गच्छदार र लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी चौधरी बीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ। दुवै जना मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ प्रत्याशी हुन्। गच्छदारले यस अघि मन्त्री हुँदा मोटरबाटो बनाएको अनि यहाँका गरिबलाई सेना, प्रहरी र अन्य सरकारी सेवामा भर्ती गरिदिएको भन्दै भोट मागिरहेका छन् । चौधरी पनि वित्तीय संस्था मार्फत महिलाको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याएको भन्दै भोट मागिरहेकी छन् । यो क्षेत्रमा कांग्रेसको संगठन र गच्छदारको पहुँच उत्तिकै रूपमा मजबुत देखिन्छ। यद्यपि चौधरीको प्रभाव पनि कम देखिँदैन।

एक लाख नौ हजार ९१७ मतदाता रहेको यो क्षेत्रमा ५३ हजार ६ सय ९४ महिला र ५६ हजार दुई सय २३ पुरुष छन् । यहाँका अधिकांश पुरुष मतदाता गच्छदारको पक्षमा देखिएका छन् भने महिला चौधरीको पक्षमा । थारू र मधेसी समुदायको बाहुल्य रहेकोमा पहाडी र दलित समुदायको भोट निर्णयक हुने देखिन्छ।
अन्नपूर्णबाट

Logo