काठमाडौँ, १८, मंसिर
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवं सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासो प्रति आयोगको ध्यानाकर्षण भएको छ । "/>

कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको आयोगको स्पष्टोक्ति

कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको आयोगको स्पष्टोक्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १८, मंसिर
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवं सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासो प्रति आयोगको ध्यानाकर्षण भएको छ । हाजिरीजवाफ प्रतियोगिता सात भागमा विभक्त रहेको र सबै भागमा प्रधानमन्त्री देखि विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् शीर्षनेता तथा अन्य उम्मेदवारको नाम उल्लेख भएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

एउटै भागमा सबै उम्मेदवारको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने असल मनसायले नाम समावेश भएको उनले बताए । हाजिरीजवाफको प्रसारण भइसकेको पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उम्मेदवारी कहाँ कहाँ छ भनेर प्रश्न समावेश भएको तथा दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवालका बारेमा प्रश्न समावेश भएको आयोगले जनाएको छ । यसैगरी तेस्रो भागमा उम्मेदवार गगन थापा, रवीन्द्र मिश्र र विश्वप्रकाश शर्माको उम्मेदवारीबारे र चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश भएको आयोगले जानकारी गराएको छ । आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको विज्ञप्ति मार्फत स्पष्ट गरेको छ ।
रासस

Skip This
Skip This
Logo