वीरगन्ज ,१७,मंशिर

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको औषधि पसल (फार्मेसी) बाट सेवाग्राही ठगिएका छन् । "/>

सरकारी औषधि पसलबाट सेवाग्राही ठगीमा

सरकारी औषधि पसलबाट सेवाग्राही ठगीमा

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ,१७,मंशिर

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको औषधि पसल (फार्मेसी) बाट सेवाग्राही ठगिएका छन् । निजी औषधि पसल भन्दा सस्तोमा औषधि उपलब्ध गराउने भन्दै ६ महिना यता अस्पताल व्यवस्थापनले फार्मेसी सञ्चालनमा ल्याएको हो । तर सरकारी फार्मेसीले तोकिए भन्दा महँगो मूल्यमा औषधि बिक्री गर्दै आएको खुलेको छ । बुधबार साँझ भर्ना भएकी माला देवीको शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने भए पछि उनका आफन्त औषधि किन्न अस्पताल परिसरकै औषधि पसल गएका थिए । फार्मेसीका कर्मचारीले औषधिको बट्टामा अंकित मूल्य भन्दा बढी रकम लिएपछि बिरामी ठगिने गरेको तथ्य बाहिर आएको हो ।
भारतीय कम्पनीको टर्मिन नामक इन्जेक्सनको अधिकतम बिक्री मूल्य दुई सय एक भारु (तीन सय २२ नेपाली रुपैयाँ) अंकित भए पनि पसलका कर्मचारीले भने ३६० असुलेका थिए । बिलमा पनि इन्जेक्सनको मूल्य ३६० रुपैयाँ उल्लेख छ । औषधि उत्पादक कम्पनी वा थोक बिक्रेतासँग खरिद गर्दा खुद्रा पसलेले अधिकतम मूल्यमा निश्चित प्रतिशत छुट र कमिसन दुवै पाउँछन् । तर सरकारी अस्पतालको फार्मेसीका कर्मचारीले अंकित मूल्य भन्दा महँगो दरमा औषधि बिक्री गर्दै आएका कारण बिरामी मर्कामा परेका छन् । यस विषयमा अस्पताल प्रशासन र अस्पताल विकास समिति भने मौन छन् ।
अन्नपूर्णबाट

Logo