काभ्रे,१७,मंशिर
निर्वाचन नजिकिएसँगै दलका कार्यकर्ता र उम्मेदवार भोट माग्न काभ्रेमा ग्रामीण बस्तीमा पुग्न थालेका छन् । "/>

काभ्रेका बस्ती बस्तीमा चुनावी रौनक

काभ्रेका बस्ती बस्तीमा चुनावी रौनक

केन्द्रबिन्दु
0
Shares

काभ्रे,१७,मंशिर
निर्वाचन नजिकिएसँगै दलका कार्यकर्ता र उम्मेदवार भोट माग्न काभ्रेमा ग्रामीण बस्तीमा पुग्न थालेका छन् । जिल्लाका विकट मानिने च्याम्राङबेसी, झिंगेडाँडा, देउपुर, नाल्धुम, भूमिडाँडा, ¥याले लगायत स्थानमा दलका नेता–कार्यकर्तालाई भोट माग्न भ्याई–नभ्याई छ । भोट माग्न जनताका घरदैलोमा पुग्ने सबैजसो दलका उम्मेदवारले काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउने आश्वासन दिनुका साथै कृषिलाई आधुनिकीकरण गर्ने र सबै क्षेत्रमा खानेपानी, सिँचाइ सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेका छन् । यस्तै विकट क्षेत्र जोड्ने ग्रामीण सडकलाई कालोपत्रे, युवालाई रोजगारी, जलविद्युत् उत्पादन गर्नेलगायत प्रतिबद्धता दलहरूका घोषणापत्रमा समेटिएका छन् ।

प्रदेश नम्बर ३ बाट कांग्रेसका समानुपातिक उम्मेदवार भगवान् अधिकारी काठमाडौंसँग सीमा जोडिएको जिल्ला भएर पनि काभ्रे सधैँ दियो मुनिको अँध्यारो बन्दै आएको बताउँछन् । उनले भने, ‘अब यो अवस्थालाई चिर्दै जिल्लालाई प्रादेशिक राजधानी बनाउने हाम्रो योजना छ ।’ जिल्लामा वाम गठबन्धनले पनि आफ्नो प्रचार अभियान तीव्र बनाएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतलाई आधार मान्दा काभ्रेमा कांग्रेसको दाँजोमा वाम गठबन्धन बलियो देखिन्छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र रहेको काभ्रेमा एमाले–माओवादीको संयुक्त वाम गठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बीच मुख्य प्रतिस्पर्धा हुने मतदाताको आँकलन छ ।

जिल्लामा विगतमा पनि कांग्रेस र एमाले बीच नै मुख्य चुनावी प्रतिस्पर्धा हुने गरेको थियो । काभ्रे १ प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट तीर्थ लामा र वाम गठबन्धनका गंगाबहादुर दोङ बम्जन प्रतिस्पर्धामा छन् । यस्तै, काभ्रे २ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट मधु आचार्य र वाम गठबन्धनका गोकुल बाँस्कोटा चुनावी प्रतिस्पर्धामा छन् ।  प्रदेश सभातर्फ काभ्रे १ ‘क’ मा कांग्रेसबाट सिबी लामा उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा वाम गठबन्धनका रत्न ढकाल छन् । काभ्रे २ ‘ख’ मा कांग्रेसले गणेश लामा र वाम गठबन्धनले चन्द्र लामालाई उम्मेदवार बनाएको छ ।

यसैगरी काभ्रे २ ‘क’ मा वाम गठबन्धनबाट लक्ष्मण लम्साल तथा कांग्रेसबाट सुन्दरमणि आचार्य उम्मेदवार छन् । प्रदेश सभा काभ्रे २ ‘ख’ मा कांग्रेसबाट पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे र वाम गठबन्धनले वसुन्धरा हुमागार्इंलाई उम्मेदवार बनाएको छ । जिल्लामा २ लाख ७२ हजार २ सय ८७ मतदाता छन् । मतदाताको संख्या स्थानीय तह निर्वाचन भन्दा ४१ हजार ४ सय ३८ ले बढेको छ ।
नयाँपत्रिकाबाट

Logo