काठमाडौं,१६,मंशिर
निर्वाचन आयोगले आगामी १९ र २० मंसिरमा मतदान केन्द्रबाट परिचयपत्र नलिएका मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । "/>

मतदाता परिचयपत्र १९ र २० गते सम्बन्धित केन्द्रबाटै वितरण गरिने

मतदाता परिचयपत्र १९ र २० गते सम्बन्धित केन्द्रबाटै वितरण गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६,मंशिर
निर्वाचन आयोगले आगामी १९ र २० मंसिरमा मतदान केन्द्रबाट परिचयपत्र नलिएका मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनपछि थपिएको मतदाता परिचयपत्र १९ र २० मंसिरमा सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिने बताए । स्थानीय तहको निर्वाचनपछि कुल १३ लाख ५५ हजार ५ सय १४ मतदाता थपिएको आयोगले जनाएको छ । आयोगले गत ५ भदौ सम्मको मितिमा १८ वर्ष पूरा गरेकाहरूलाई मतदाता परिचयत्र सूचीकरण गरेको हो ।

१८ वर्ष माथिका भए पनि मतदाता परिचपत्र नबनाएकाहरूले पनि मतदाता परिचयपत्रका लागि फारम भरेका थिए । नयाँ र पुराना गरी हाल कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता रहेको आयोगले उल्लेख गरेको छ । जस मध्ये ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले गत १० मंसिरमा पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भाग लिइसकेका छन् । २१ मंसिरमा बाँकी ४५ जिल्लाका मतदाताले निर्वाचनमा भाग लिँदै छन् । दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको दुई दिन अघिबाट मतदाता परिचयपत्र वितरण गरिने पनि बताएको छ ।

राजधानीबाट

Logo