काठमाडौं,१५, मंशिर
केही दिन अघि निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेकामा आचार संहिता उल्लंघन भएको भन्दै कारबाही समेत गर्ने धम्कीको घटनाप्रति मिडिया सोसाईटीले आपत्ति जनाएको छ । आयोगको यस घटनाले गम्भीर बनाएको भन्दै सोसाईटीले विज्ञप्ती मार्फत यसो नगर्न आग्रह समेत गरेको छ । सोसाईटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कंडेलले विज्ञप्ती निकालेर मिडियालाई कुनै पनि पक्षबाट दख्खल दिने काम नगर्न आग्रह गर्नु भएको छ ।
‘कुनै पनि पक्षबाट निर्वाचन विरोधी क्रियाकलाप र मिडियालाई हतोत्साहित हुने कार्य गर्न–गराउने कार्य हाम्रा लागि स्वीकार नहुने कुरा बारे सम्वन्धि सबैलाई यसै विज्ञप्ति मार्फत सचेत गराउन चाहन्छौं ।’ विज्ञप्तीमा भनिएको छ । साथै आम सञ्चार माध्यमको विज्ञापनको कानुनले निषेध नगरेको विषयको विज्ञापन अधिकार माथि प्रश्न नउठाउन पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया