काभ्रे, १२, मंशिर

वाम गठबन्धनबाट काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार गोकुल बाँस्कोटाले चुनावमा नेपाली काँग्रेस देशको विकास गर्न नभई जनता झुक्याउन आएको आरोप लगाएका छन् । "/>

जनागालक्षेत्रको जंगललाई चिडियाघर बनाउने एमाले उम्मेदवार बाँस्कोटाको प्रतिबद्धता

जनागालक्षेत्रको जंगललाई चिडियाघर बनाउने एमाले उम्मेदवार बाँस्कोटाको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

काभ्रे, १२, मंशिर

वाम गठबन्धनबाट काभ्रेपलाञ्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार गोकुल बाँस्कोटाले चुनावमा नेपाली काँग्रेस देशको विकास गर्न नभई जनता झुक्याउन आएको आरोप लगाएका छन् ।  बनेपा नगरपालिका–१० को चुनावीसभालाई सम्बोधन गर्दै एमाले नेता बाँस्कोटाले विभिन्न चुनावमा काँग्रेसले बहुमत ल्याए पनि देशको विकास भन्दा हानि गर्ने काम गरेको दोषारोपण गरे । यस अघिको संविधानसभाको चुनावमा काँग्रेसले जिल्लामा जितेर पनि केही विकास निर्माणको काम नगरेको आरोप लगाउँदै बाँस्कोटाले बनेपाको जनागाल क्षेत्रमा रहेको जंगललाई चिडियाघरका रुपमा स्थापना गरी स्थानीयवासीको आय आर्जन बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा काभ्रेपलाञ्चोक क्षेत्र नं २ ‘ख’का उम्मेदवार वसुन्धारा हुमागाईंले ‘राष्ट्रियता र जनजीविकाका विषय लगायत ४० सूत्रीय माग राख्दा पनि तत्कालीन देउवा सरकारले त्यसलाई रद्दीको टोकरीमा फालेकाले माओवादी जनयुद्धमा गएको’ बताएका थिए । रासस

Logo