चितवन, ११, मंसिर

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । "/>

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन, ११, मंसिर

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०, ५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ ।
रासस

 

Logo