महोत्तरी,मंसिर, १०
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरद सिंह भण्डारीको घर अगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरी स्थित निजी निवास अगाडि बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घर अगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए । यता जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताए ।
रासस





























प्रतिक्रिया