काठमाडौं,मंसिर, १०
रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावको मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेताहरुलाई सरकारले विशेष निगरानीमा राखेको बताए । "/>

बम आतंक मच्चाउने ५ सय जना पक्राउ

बम आतंक मच्चाउने ५ सय जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,मंसिर, १०
रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावको मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेताहरुलाई सरकारले विशेष निगरानीमा राखेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रक्षामन्त्री प्रधानले पहिलो पटक यस्तो खुलासा गरेका हुन् । निर्वाचन विरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको उनले बताए । उनले भने , ‘निर्वाचन विथोल्न खोज्ने विप्लव समूहका नेताहरुलाई नेपाल सरकारी सुरक्षा संयन्त्रले व्यापक खोजि गरिरहेको छ, उनीहरु अहिले अर्धभूमिगत अवस्थामा छन्, तर खोजिकार्य जारी छ ।’

मन्त्री प्रधानले सरकार अहिले विप्लव समूहसँग वार्ता गर्ने अवस्थामा नरहेको बताए । उनले भने ,‘ चुनावको मुखमा हामी उहाँहरुसँग वार्ता गर्दैनौं । गरेपनि हामी चुनावपछि गर्छौं, हामी हिट एण्ड रनको पक्षमा छैनौं । यदि विप्लव समूह वार्तामा आयो भने हामी उहाँहरुको कुरा सुन्न तयार हुन्छौं ।’ संविधान ल्याउनका लागि विप्लव समूहको भूमिका भएकाले आफूहरु वार्ताका लागि तयार हुने उनको भनाई छ । प्रधानले मंसिर २१ गतेको निर्वाचन सम्पन्न भएपछि मात्रै उक्त समूहसँग वार्तामा बस्ने त्यो भन्दा अघि वार्ता नगर्ने स्पष्ट पारे । उनले भने,‘चुनाव पछि हामी उहाँहरुका माग सम्बोधन गर्छौं, अहिले वार्तामा बस्ने समय होईन र बस्दैनौं पनि ।’
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo